[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

भैँसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।

भैँसी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
B. bubalis
वैज्ञानिक नाम
Bubalus bubalis
(Linnaeus, 1758)
Subspecies

भैँसी एक घर पालुवा जनावर हो तर यसका अर्ना लगायातका जंगली प्रजातिहरू पनि छन् । दक्षिण र पूर्वी एसिया, अफ्रिका, युरोपको दक्षिणी भाग र दक्षिण अमेरिकाका केही देशहरूमा भैँसी पालिन्छ ।

उपयोग

प्राय: नेपालका कृषकहरूले दुग्ध उत्पादनको लागि भैँसी पालन गर्छन्। भैँसीको भाले लाई राँगा भनिन्छ। तराई तिरका कृषकहरूले राँगालाई जोत्ने तथा गाडा तान्ने काममा ल्याउछन्। भैसी किसानहरूको लागि निकै उपयोगी जनावर हो। यसको दुध, दही, घिउ, मही, लगायत गोबर पनि किसानहरूको लागि निकै उपयोगी वस्तु हो। भैँसी पाल्नमा अलि झन्झट त छ तर उपयोगिता त्यसको कैयौँ गुणा बढी छ। नेपाल लगायत विश्वका धेरै ठाउँका मानिसहरूले भैँसीको मासु पनि खाने गर्दछन्।

उत्पत्ती

हिन्दू धर्मका धार्मिक ग्रन्थहरूका अनुसार पौराणिक कालमा तपश्वी ऋषि विश्वामित्रको ब्रह्माजीसँग विवाद भएका थियो । विश्वामित्रले ब्रह्माजीको सृष्ठी नमान्ने र आफ्नो छुट्टै सृष्ठी खडा गर्ने मनसायले ब्रह्माजीले सृष्ठी गरेको गाईको सट्टामा आफूले भैंसीको सृष्ठी गरेका थिए । यसका साथै विश्वामित्रले ब्रह्माजीको सृष्ठी बाघको सट्टा आफ्नो सृष्ठी बिरालो बनाएका थिए । []

सन्दर्भ सामग्रीहरू

  1. सुब्बा होमनाथ केदारनाथ कृत श्रीमद्द देविभागवत

बाह्य कडीहरू