[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

खुला तथ्याङ्क दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुला तथ्याङ्क दिवस अथवा अन्तराष्ट्रिय खुला डाटा दिवस फेब्रुअरी महिनाको २२ तारिकको दिन विश्वभरि नै मनाउने गरिन्छ । उक्त दिन मानिसहरू भेला भएर एपलिकेसन बनाउछन, तथ्याङ्क (डाटा)लाई खुला गर्ने, visualization बनाउने र स्थानिय र रार्ष्टिय सरकारलाई खुला नीति अवधरण गर्न प्रोहत्साहन गर्ने गर्दछन । यो दिवस जोसुकैले मनाउन सक्छन । यदि आफुसंग खुला तथ्याङ्कलाई प्रयोग गर्न सक्ने कुनै सोच छ, कुनै चाखलाग्दो प्रोजेक्टमा योगदान गर्नुछ, कसरी तथ्याङ्कलाई विश्लेषण गर्ने अथवा अरुले के गारिरहेको छन भनेर हेर्न मन छ भने खुला तथ्याङ्क दिवसमा सहभागि हुन सकिन्छ ।

मुल कुरा[सम्पादन गर्नुहोस्]

यो कार्यक्रम हुन ५ वटा कुरामा ध्यान पुर्याउनु पर्छ।

  • यो कार्यक्रम फेब्ररी २२ मा मनाईन्छ ।
  • कार्यक्रम आफैमा खुला हुनुपर्दछ, जो सुकै सहभागि हुन पाउनु पर्छ ।
  • यो कार्यक्रम जसले पनि आयोजना गर्न पाउछ ।
  • खुला तथ्याङ्क हुने जेसुकैमा ह्याक गर्न पाईन्छ ।
  • आफ्नो विचारलाई सवै माँझ शेयर गर्नु पर्छ ।

नेपालमा यो दिवस[सम्पादन गर्नुहोस्]

२०१३[सम्पादन गर्नुहोस्]

नेपालमा पहिलो पटक यो दिवस २०१३ मा सारा विश्वभरिका १०० भन्दा धेरै शहरहरू संगै मनाउन सुरु गरिएको थियो। मोजिल्ला, विश्व बैङ्क र वाईआइपिएलले विकिमेडिया नेपाल, फ्रीडम फोरम, एन.जी.ओ माहासङ्घ नेपाल, इन्जिनरिंग संसस्थान, काठमाण्डौ विश्वबिधालय, एडइनफो, ओसाक्, फोस नेपाल लगायतको सहआयोजनामा फेब्रुरी २३ तारिकमा आयोजना भएको थियो। उक्त कार्यक्रममा ह्याकथुन, मापाथुन, प्रस्तुती, एडीटाथुन, मोजिल्लाको खुला कार्यक्रम, खुला स्टल लगायतका कार्यक्रम भएको थियो । अन्य जानकारी यँहा पाउँन सकिन्छ : तथ्याङ्क दिवस २०१३[स्थायी मृत कडी]

२०१४[सम्पादन गर्नुहोस्]

फेव्ररी २२ तारिकको दिन यो दिवस परेको छ । यो पटक नेपालमा दुईवटा स्थानमा कार्यक्रम गरेर यो दिवस मनाईदै छ ।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]