[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई

ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो। सम्पुर्ण मानवहरूको गुण एकै हुन्छ । मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ।

कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता सङ्गठनहरूलाई कहिलेकाहीं कानुनी अस्तित्व पनि प्राप्त हुन्छ।

संसारमा मानिसहरू विभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये सबैभन्दा प्रमुख धर्म हिन्दु धर्म मात्र हो अरु सबै देखावटी र भ्रम हरु हुन् ।

शब्दको उत्पत्ति[सम्पादन गर्नुहोस्]

विभिन्न धार्मिक संकेतहरू

पाश्चात्य उत्पत्ति[सम्पादन गर्नुहोस्]

अंग्रेजीमा धर्मलाई religion (रलिजन) भनिन्छ। त्यस शब्दको उत्तपत्ति निम्न अनुसार भएको हुन सक्ने विज्ञहरू बताउँछन्।

  • re-reading--ल्याटिन भाषामा re (फेरी) + legio (पढ्नु), पटक् पटक धर्मिक ग्रन्थ पढ्नु पर्ने हुनाले
  • सावधानिपूर्वक व्यवहार--ल्याटिन भाषामा relegere (सिसेरोको अनुबाद)
  • परमात्मासँग पुनः सम्बन्ध --ल्याटिन भाषामा re (फेरी, पुनः) + ligare (जोड्नु, सम्बन्ध राख्नु)। धैरैजसो आधुनिक विज्ञहरू यो उत्पत्तिलाईनै मान्यता दिन्छन्।
  • बन्धनमा पर्नु अथवा बन्धनमा फर्कनु-- पुनः सम्बन्धको अर्को अनुबाद जसले ईश्वर प्राप्तिको कोशिसलाई जनाउने गर्दछ। यो अनुमान अगस्टिनबाट सुरू भएको हुनु पर्दछ। यो अनुमान धर्मका आलोचकहरू बिचमा निकै प्रचलि छ र धेरैजसो आधुनिक धर्महरूले यो अनुमानलाई धर्म बिरूद्ध भएको मान्दछन्।
  • समुहमा जोडिनु-- ल्याटिनमा res (सम्बन्धित) + legere (भेलाहुनु)। यसले धर्मलाई सङ्गठनको रूपमा परिभाषित गर्ने गर्दछ।

पूर्वीय उत्पत्ति[सम्पादन गर्नुहोस्]

धर्म र विज्ञान[सम्पादन गर्नुहोस्]

धर्मका समर्थकहरूका अनुसार ज्ञानको श्रोत भनेका धार्मिक गुरु, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन्। धर्मको कुनै सिमा हुँदैन र यसले हरेक प्रश्नको उत्तर दिने कोशिस गर्दछ। केही धार्मिक ब्यक्तिहरूका अनुसार यस्तो तरिकाबाट प्राप्त ज्ञन नै सत्य ज्ञान हो जुन गलत सावित गर्न सकिंदैन। धार्मिक ज्ञान धर्म तथा सम्प्रदाय अनुसार अलग अलग हुन सक्छ।

तर, विज्ञानले संसारको सक्षम अध्ययन गरेर ज्ञान प्राप्त गर्दछ र यसले मात्र ब्रम्हाण्डको बारेमा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन सक्तछ। यसले देखिएका प्रमाणका आधारमा नयाँ सिद्धान्तहरू प्रतिपादन गर्ने गर्दछ। सबै बैज्ञानिक ज्ञानहरू अस्थाई हुँन्छन् जुन पछिल्ला गहन अध्ययन अनुसार परिमार्जन तथा पुनरावलोकन गर्न सकिन्छ। बिज्ञानले भौतिक रूपमा मात्र नभैकन अभौतिक बिषयहरू जस्तै अर्थशास्त्र, भाषा, मनोविज्ञान आदि पनि परिभाषित गर्न सक्तछ।

पूर्वकालका धेरै बैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्दथे र धर्म अनि बिज्ञनका बिचमा सम्बन्ध स्थापित गर्ने कोशिस गर्दथे। जस्तै, न्यूटनले ग्रुत्वाकर्सणको कारणले ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् भने। तर त्यस्तो हुनुमा ईश्वरलाई माने। रोमन क्याथोलिक चर्चले कुन बैज्ञानिक सिद्धान्त मान्ने र कुन नमान्ने अधिकार आफूसँग सुरक्षित भएको बताउँछ। जस्तै, ब्रुनोलाई अमान्य बैज्ञानिक सिद्धान्त बनाएका कारणले जिउँदै जलाईएको थियो। ग्यालिलिओलाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने उनको सिद्धान्तलाई फिर्ता लिन बाध्य बनाईएको थियो। आजकाल उक्त चर्चले धेरैजसो स्थापित बैज्ञानिक सिद्धान्तहरू मान्ने गर्दछ। संगठित धर्महरू तथा बैज्ञानिकहरूका बिचमा विभिन्न समयमा भएका केही मतभेदहरू यस प्रकार छन्।

  • पृथ्वीले सूर्यको परिक्रमा गर्दछ या सूर्यले पृथ्वीको ?
  • के पृथ्वी केही हजार वर्ष पुरानो हो या करोडौं वर्ष पुरानो ?
  • संसार डुब्ने गरी कुनै बाढि आएको थियो ?
  • प्राणीहरू बिस्तारै विकशित भएका हुन् अथवा ईश्वरले बनाएका हुन् ?
  • के ब्रम्हाण्ड अनन्त छ ?
  • के आईन्स्टाईनको रिलेटिभिटि सिद्धान्त ठीक छ ?

धर्म र अध्यात्म[सम्पादन गर्नुहोस्]

धेरैजसो धर्मका अनुयायीहरू धर्म र अध्यात्ममा खासै भिन्नता देख्दैनन्। तर केही व्यक्तिहरू यी दुई बिच ठूलो भिन्नता भएको तर्क गर्दछन्। तिनीहरूले अध्यात्मलाई ईश्वर माथिको आस्थाको रूपमा मात्र मान्दछन् र धार्मिक सङ्गठन तथा त्यसका क्रियाकलापहरू अध्यात्म अन्तरगत नपर्ने तर्क गर्दछन्। त्यस्ता व्यक्तिहरू आफ्नो आस्थालाई धर्मको रूपमा भन्दा पनि अध्यात्मको रूपमा ब्याख्या गर्दछन् यसले गर्दा उनिहरू कुनै सङ्गठन अथवा समुदायको सदस्य नभएको जनाउँदछ।

प्रमुख धर्महरू[सम्पादन गर्नुहोस्]

संसार को विभिन्न क्षेत्र को प्रमुख धर्म.

संसारमा हाल प्रचलनमा रहेका प्रमुख धर्म तथा त्यसका अनुयायी संख्याहरू

सन्दर्भ[सम्पादन गर्नुहोस्]