[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

पुरानो ढाका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाका सहरको पुरानो भाग
पुरानो ढाका
क्षेत्र
सन् १८६१ को चित्रकलामा बुढीगङ्गा नदी पारिपट्टी ढाका सहर[१]
सन् १८६१ को चित्रकलामा बुढीगङ्गा नदी पारिपट्टी ढाका सहर[]
ब्रिटिस शासनकाल अन्तर्गत ढाका सहरको नक्शाको अवस्थिति
ब्रिटिस शासनकाल अन्तर्गत ढाका सहरको नक्शा
निर्देशाङ्क: २३°४२′२५″उ॰ ९०°२४′३४″पू॰ / २३.७०६९४°N ९०.४०९४४°E / 23.70694; 90.40944निर्देशाङ्कहरू: २३°४२′२५″उ॰ ९०°२४′३४″पू॰ / २३.७०६९४°N ९०.४०९४४°E / 23.70694; 90.40944
देश बङ्गलादेश
जिल्लाढाका जिल्ला
सहर निगमढाका दक्षिण सहर निगम
बस्ती बसेकोलगभग सन् ७०० देखि
स्थापनासन् १६०८
विस्तारसन् १९१० देखि

पुरानो ढाका बङ्गलादेशको राजधानी ढाकाको ऐतिहासिक पुरानो सहरलाई बुझाउन प्रयोग गरिने शब्द हो। यसको स्थापना सन् १६०८ मा बङ्गालको मुगल प्रान्तको राजधानी जहाङ्गीरावाद वा जहाङ्गीरनगरको रूपमा गरिएको थियो भने यसको नाम मुगल सम्राट जहाङ्गीरको नाममा राखिएको थियो। यो बूढीगङ्गा नदीको किनारमा अवस्थित छ। यो दक्षिण एसियाको सबैभन्दा ठूलो र सबैभन्दा समृद्ध सहरहरू मध्ये एक थियो भने यो विश्वव्यापी रूपमा नरम कपडाको व्यापार केन्द्र थियो। बङ्गालका तत्कालीन नवाब मुर्शिदकुली खानले १८औँ शताब्दीको सुरुवातमा राजधानीलाई ढाकाबाट मुर्शिदावादमा स्थानान्तरण गरेका थिए। ब्रिटिस शासनकालमा कलकत्ताको उदयसँगै ढाकाको पतन हुन सुरु भयो र यसलाई "शानदार भग्नावशेषहरूको सहर" को रूपमा चिनिन थालिएको थियो। यद्यपि अङ्ग्रेजहरूले १९औँ शताब्दीको मध्यदेखि आधुनिक सहरको विकास गर्न थालेका थिए।[]

- आहसान मञ्जिल, ढाका नवाबहरूको बासस्थान
लालबाघ किल्ला

पुरानो ढाका विभिन्न प्रकारका खाना र सबै धर्मका मानिसहरूको सद्भावपूर्ण जीवनको लागि प्रसिद्ध छ। यहाँ उल्लासपूर्ण रूपमा मनाइने प्रमुख इस्लामी चाडहरूमा ईद-उल-फित्र, ईद-उल-अजहा र आशुरा पर्दछन् भने हिन्दू चाडहरूमा दुर्गा पूजा, काली पूजा, र सरस्वती पूजालाई पनि उत्साहका साथ मनाइन्छ।[][] सबै धार्मिक समुदायहरूले धेरै भव्यताका साथ मनाउने चाडहरूमा पौष सङ्क्रान्ति, पोहेला फाल्गुन[], र हलखाता समावेश छन्।[] धर्मको हिसाबले पुरानो ढाकामा मुस्लिम जनसमुदायको बाहुल्यता छ भने त्यसपछि यहाँ हिन्दूहरूको बाहुल्यता रहेको छ। इसाई र बौद्ध धर्मावलम्बीहरू पनि यहाँ थोरै सङ्ख्यामा रहेका छन्। पुरानो ढाकाका बासिन्दाहरूलाई ढकाइयाको रूपमा चिनिन्छ। ढाका महानगर समिति नामक संस्थाले स्थानीय ढाकाइयाहरूको हित संरक्षणमा विशेष भूमिका खेलेको छ। पुरानो ढाकाका केही क्षेत्रहरूमा पञ्चायती व्यवस्था विद्यमान छ। यी पञ्चायतका प्रमुखहरूलाई सरदार भनिन्छ।[]

ढाकेश्वरी मन्दिर
तारा मस्जिद, अरमानीतोला

इस्वी संवत् ७०० देखि १२०० को बीचमा पूर्वी बङ्गालको ढाका सहर बुरिगङ्गा नदीको किनारमा विकसित भएको थियो। ढाकाको नामकरणको सही इतिहासको बारे व्यापक मतभेदहरू रहेका छन्। सेन वंशका राजा बल्लाल सेनले बुरिगङ्गा नदीको किनारमा यात्रा गर्ने क्रममा नजिकैको जङ्गलमा देवी दुर्गाको मूर्ति फेला पारेको किंवदन्ती छ। देवी दुर्गाको सम्मानको प्रतीकको रूपमा राजा बल्लाल सेनले यस क्षेत्रमा एक मन्दिर निर्माण गरेका थिए। देवीको मूर्ति हराएको अवस्थामा फेला पारिएकाले राजा बल्लाल सेनले मन्दिरको नाम ढाकेश्वरी मन्दिर राखिएको थियो। मन्दिरको नामबाट यस ठाउँको नाम ढाका रहन गएको थियो। धेरै इतिहासकारहरूका अनुसार, मुगल सम्राट जहाँगीरले ढाकालाई १६१० ईस्वीमा सुबाह बङ्गालको (हालको बङ्गलादेश, भारतको पश्चिम बङ्गाल, बिहार, झारखण्डउडिसाका धेरै क्षेत्रहरू) राजधानीको रूपमा घोषणा गर्दा सुब्दार इस्लाम खानले खुशी आदानप्रदान गरी उत्सव मनाउनका लागि सहरमा ढोल बजाउने आदेश दिएका थिए। यस ढोलको कथाले लोककथामा एक किंवदन्तीको रूप लिँदा त्यसैबाट सहरको नाम 'ढाका' रहन गएको विश्वास गरिन्छ। मुगल साम्राज्यमा केही समयको लागि सम्राट जहाँगीरको सम्मानमा यस क्षेत्रलाई जहाँगीरनगर नामले चिनिन्थ्यो।[]

हाल ढाका सहर रहेको यस क्षेत्रमा एउटा बस्तीको सातौँ शताब्दीमा अस्तित्वमा आएको थियो। ९औँ शताब्दीमा हिन्दू सेन राजवंशको नियन्त्रणमा जानु अघि यस सहर क्षेत्रलाई कामरूपा र पाल साम्राज्यको बौद्ध राज्यद्वारा शासन गरिएको थियो।[] १२औँ शताब्दीमा बल्लाल सेनाद्वारा देवी ढाकेश्वरीको मन्दिरको स्थापना पछि यस सहरको नाम लिइएको हुन सक्ने विश्वास गरिन्छ। सन् १५७६ मा मुगलहरूद्वारा कब्जा गरिनु पूर्व यो क्षेत्र सेन साम्राज्य, दिल्ली सल्तनत र त्यसपछि बङ्गाल सल्तनतद्वारा शासित थियो। मुगल सुबेदारहरूको शासनकालमा सन् १६१० देखि ढाकाको विकास हुन थालेको थियो। सबैभन्दा पुरानो स्थायी मस्जिद सन् १४५४ मा नसिरुद्दीन महमुद शाहको शासनकालमा बख्त बिनातद्वारा निर्माण गरिएको थियो।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Painting - De Fabeck, Frederick William Alexander", Victoria and Albert Museum, अन्तिम पहुँच २३ जनवरी २०१८ 
  2. "Saving Dhaka's heritage", BBC Travel 
  3. "Taazia processions held in Dhaka amidst tight security", bdnews24.com, अन्तिम पहुँच २०१७-०३-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०२ मिति
  4. "Durga Puja testifies for religious harmony", Dhaka Tribune (अङ्ग्रेजीमा), २०१६-१०-१२, अन्तिम पहुँच २०१७-०३-०१ 
  5. "Pohela Falgun being celebrated", Dhaka Tribune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०३-०२ 
  6. "Saraswati Puja tomorrow", Prothom Alo, अन्तिम पहुँच २०१७-०३-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०१ मिति
  7. "ঢাকায় মোগল আমলের পঞ্চায়েত প্রথা", The Daily Ittefaq, मूलबाट ২০২০-০৮-১১-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-३०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-११ मिति
  8. "ঢাকা", বাংলাপিডিয়া, अन्तिम पहुँच २०२०-०७-३० 
  9. Baxter, Craig (१९९७), Bangladesh : from a nation to a state, Westview Press, पृ: 17–20, आइएसबिएन 0-8133-2854-3 
  10. "Allure of Old Dhaka", The Daily Star (अङ्ग्रेजीमा), २०१४-०७-११, अन्तिम पहुँच २०१७-०३-०१