[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

विकिपिडिया:अन्य स्रोतहरूबाट पाठ प्रतिलिपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लगभग सबै खण्डहरूमा, तपाई विकिपिडियामा अन्य स्रोतहरूबाट पाठ प्रतिलिपि गर्न सक्नुहुन्न। त्यसो गर्नु प्रतिलिपि अधिकार उल्लङ्घन हो। सधैँ लेखहरूलाई आफ्नै शब्दमा लेख्नुहोस् र लेखको स्रोतहरू उद्धृत गर्नुहोस्। प्रतिलिपि अधिकार उल्लङ्घन प्राय: द्रुत रूपमा मेटाइन्छ।

के मैले अरू कतैबाट पाएको सामग्रीलाई विकिपिडियामा प्रतिलिपी गर्न सक्छु?

[सम्पादन गर्नुहोस्]

सामान्य नियमको रूपमा, अन्य स्रोतहरूबाट पाठ प्रतिलिपि नगर्नुहोस्। त्यसो गर्दा सामान्यतया प्रतिलिपि अधिकार उल्लङ्घनचोरी दुबै हुन्छ। (अपवादहरू तल छलफल गरिएका छन्)। यस सामान्य नियमले परोपकारी संस्था वा गैर-नाफामुखी संस्था, वेबसाइट, शैक्षिक र समाचार प्रकाशनका स्रोतहरू कुनै सूचना बिना प्रतिलिपि गर्नुलाई जनाउँदछ। यदि कार्यमा प्रतिलिपि अधिकार सूचना छैन भने, यो प्रतिलिपि अधिकार सुरक्षा अन्तर्गत रहेको मान्नुहोला।

के मैले खुला अनुमति पत्र वा सार्वजनिक डोमेनका स्रोतहरू साभार गर्न सक्छु?

[सम्पादन गर्नुहोस्]

जबसम्म स्रोत विकिपिडियासँग मिल्दो इजाजतपत्र अन्तर्गत भएको (जस्तै सिसि बिवाई-एसए) र तपाई एक निःशुल्क इजाजतपत्र अन्तर्गत स्रोत दान गर्नु हुन्छ भने यस्तो अवस्थामा मात्र प्रतिलिपी गर्न सकिन्छ। तथापि, यस बाहेका अन्य कुनै अवस्थामा पनि साभार गर्न सकिँदैन। एक नि: शुल्क अनुमति पत्रले विकिपिडिया बाहेक अन्य कुनै परियोजनालाई स्रोतहरू उपलब्ध गराउँछ। तर विकिपिडिया प्रयोग गर्ने जो कोहीले पनि यसको प्रयोग गर्न, सम्पादन गर्न र प्रतिलिपि गर्न सक्दछन्। दुर्भाग्यवस नयाँ वा अनुभवहीन सम्पादकहरूले वेबसाइटबाट प्रतिलिपि गरिएको सामग्री हटाइन्छ वा द्रुत मेटाउनका लागि लेख चिन्हित गरिन्छ। जबसम्म सामग्री प्रमाणित रूपमा तुलनात्मक हिसाबले इजाजतपत्र वा सार्वजनिक डोमेनमा छैन भने यसलाई विकिपिडियाले कायम राख्न सक्दैन। यदि यो उपयुक्त छ भने पनि, सामग्रीहरू अन्य सामग्री नीतिहरूसँग हामीले यसलाई प्रयोग गर्न सक्षम हुनुपर्दछ। प्राय: स्रोतको लेखन र संरचना आफैँमा एउटा विश्वकोश लेखका लागि उपयुक्त हुँदैन, र विकिपिडियामा प्राय: सामग्री प्राथमिक स्रोतको सट्टा विश्वसनीयमा आधारित हुनुपर्दछ।

कै मैले सानो फेरबदल गरि सामग्री साभार गर्न सक्छु?

[सम्पादन गर्नुहोस्]

सानो फेरबदल गरि सामग्री साभार गर्न मिल्दैन। प्रतिलिपि अधिकार-सुरक्षित पाठको सतही परिवर्तन पर्याप्त छैन। विकिपिडिया लेखहरू लेखकको आफ्नै शब्दहरूमा लेख्नुपर्दछ। यदि स्रोतले केहि कुरा गरेको छ भने महत्वपूर्ण छ, कृपया उद्धरण प्रयोग गर्नुहोस्।

के मैले यसमा काम गर्नको लागि प्रयोगकर्ता पृष्ठ वा वार्तालाप पृष्ठमा पाठ प्रतिलिपि गर्न सक्छु?

[सम्पादन गर्नुहोस्]

पछि सुधार गर्ने वा बेला मौकामा सुधार गर्ने गरि कुनै पनि वेबसाइटको पाठ आफ्नो प्रयोगकर्ता पृष्ठमा समावेश गर्न मिल्दैन। विकिपिडियाले अमिल्दो प्रतिलिपी अधिकार सुरक्षित गरिएको सामग्रीको व्यापक रूपमा प्रतिलिपि राख्दैन तसर्थ यस्तो कार्य नगर्नुहोला।

उद्धरणको बारेमा

[सम्पादन गर्नुहोस्]

प्रतिलिपी अधिकारद्वारा सुरक्षित गरिएको पाठको संक्षिप्त कथन प्रस्टीकरण गर्न, चित्रण गर्न, प्रसङ्ग स्थापित गर्न प्रयोग गर्न सकिन्छ। प्रतिलिपि अधिकार युक्त पाठको प्रयोग विकिपिडिया: गैर-मुक्त सामग्री मापदण्ड नीतिसँग अनुपालनमा हुनुपर्दछ जसको यो उद्धरण नि: शुल्क पाठको साथ बदल्नु हुँदैन (सम्पादकले लेखेको समावेश गरेर), न्यूनतम हुनुपर्दछ, प्रासङ्गिक महत्त्व हुनुपर्दछ र पहिले प्रकाशित भएको हुनुपर्दछ।