[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

हल्दीबारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हल्दीबारी
Haldibari
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरवीन्द्र लिङ्देन[] (राप्रपा)
 • उपाध्यक्षलक्ष्मी देवी मैनाली राप्रपा[]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा११७.३४ किमी (४५.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,२२३
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
केन्द्रसाविकको जलथल गाविसको कार्यालय

हल्दीबारी गाउँपालिका झापा जिल्लामा अवस्थित छ ।[][][] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको हल्दीबारी, गोलधापजलथल गाउँ विकास समितिहरूलाई हल्दीबारी गाउँपालिका बनाइएको हो ।[][] हल्दीबारी गाउँपालिकाको कूल क्षेत्रफल ११७.३४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,२२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भद्रपुर नगरपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका, उत्तरमा बिर्तामोड नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०४ मिति
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]