[go: nahoru, domu]

सामग्रीमा जानुहोस्

मालारानी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालारानी
Malarani
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाअर्घाखाँची जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबालकृष्ण शर्मा आचार्य (एमाले)
 • उपाध्यक्षप्रमिला क्षेत्री (एमाले)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१०१.०६ किमी (३९.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,०४४
 • घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको खनदह गाविसको कार्यालय

मालारानी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[][] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको (१,६-९), मरेङको (१-६), खन, खनदह, बाँगी, हंशपूरगोखुङ्गा गाउँ विकास समितिहरूलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो ।[] मालारानी गाउँपालिकाको कूल जनसङ्ख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको खनदह गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिकाप्युठान जिल्ला, उत्तरमा प्युठानगुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्कभूमिकास्थान नगरपालिकासम्म फैलिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]